लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा


काठमाडौं – लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता बोनस शेयर र कर प्रयोजनार्थ ६ करोड १० लाख १८ हजार ८२८ रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउनेछन्।