आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज (असार ५ गते आइतबार) अन्तिम दिन रहेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द आइतबार कार्यालय समय पश्चात हुनेछ ।

नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकोले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्काशन खुला हुन लागेको हो ।

यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार विदा रहेकाले जेठ २३ मा आह्वानपत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्काशन तथा बिक्री बन्द हुने मिति छिटोमा असार ६ गते उल्लेख थियो । विदा कटौतिसँगै आवेदन समय पनि एक दिन घटेर आइतबारै आईपीओ निष्काशन बन्द हुन लागेको हो ।

असार १ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमा नै सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढि सेयर खरीदका लागि आवेदन प्राप्त हुन आएकोले असार ५ गते बैंकिङ्ग समय पश्चात् सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ ।

कटौती गरेकोले यो निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुलाई समेत आइतबार कार्यालय समयसम्म मात्र साधारण सेयरका लागि दरखास्त बुझिलिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

आदर्श लघुवित्तले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुको लागि तथा ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता साधारण सेयर सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।