काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) काे प्रवक्ताको जिम्मेवारी निरञ्जय घिमिरेले पाएका छन् । अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
बाेर्डकै उप–कार्यकारी निर्देशक घिमिरे यही मंसिर १३ देखि नै लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा.नवराज अधिकारी थिए ।
प्रतिक्रिया