निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १४ अर्ब

निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १४ अर्ब



काठमाडौँ – चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा सुद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

ओरिएण्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले ७७ करोड ९३लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।