काठमाडौं – एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बुधबार कार्यभार सम्हाले लगत्तै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बैंकलाई १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएका हुन् ।
बैंकले गत असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको थियो । तर, अध्यक्ष नभएका कारण उक्त प्रक्रिया अगाडि बढेको थिएन ।
अब एभरेष्ट बैंकले १० वर्षे अवधिका लागि ७.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । यसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया