सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बित

सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बित


काठमाडौं – सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर ) निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले ठगी प्रकरणमा इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।

पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो ।

त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत, काठमाडौंमा बुझाएको थियो । अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । अकौलिया माथि मारुती बचत तथा ऋण सहकारी संस्थाको सदस्यका रूपमा २०८० भदौमा जाहेरी परेको थियो।