सेयर बजार सुधारका लागि नियामक निकायले गरेका काम संसदमा जानकारी गराउन गगन थापाको माग

सेयर बजार सुधारका लागि नियामक निकायले गरेका काम संसदमा जानकारी गराउन गगन थापाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ताहरु धेरै समस्यामा परेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले बजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको भन्दै उनले प्रत्येक दिन लगानीकर्ताहरु बजारको विश्वसनीयता र स्थिरताको विषयमा भेट्न आउने गरेको बताए ।

विश्वव्यापी रुपमा सेयर बजारलाई अर्थतन्त्रको परिसुचक मान्ने गरिएको बताएका उनले बजारको स्थायीत्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्रको समुन्नती हुने भए पनि नेपालको बजार लामो समयदेखि अस्थिर बनेको बताए ।

विसं २०७८ भदौमा ३,२०० अंक नजिक पुगर उच्चतम बिन्दुमा पुगेको बजार परिसुचक नेप्से २,००० अंकभन्दा तल आउँदा बजारप्रतिको विश्वसनियतामा नकरात्मक असर पर्नुका साथै साना लगानीकर्ताहरुको पूँजी नै सकिँदा उठ्नै नसक्ने अवस्था आएको बताए ।

दुस्ख गरेको सानो रकम कमाएर लगानी गरेकाहरु अहिले झुण्डिएर मर्छु भन्ने अवस्थामा पुगेको तर्फ सभामुख अग्नी प्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद थापाले अस्थिर नीतिका कारण बजारमा अस्वभाविक उतारचढाव आउने अवस्थाको अन्त्य गर्न माग गरे ।

बजारमा सामान्य अवस्थामा हुने उतारचढावलाई लगानीकर्ताले आँक्न सक्ने र सोही अनुसार लगानीको निर्णय गर्नुका साथै जोखिममा पनि सहभागि हुन सक्नु पर्ने उनको भनाई थियो । यद्यपी बजारको पछिल्लो गिरावट स्वभाविक नभएको भन्दै उनले राष्ट्र बैंकको कर्जा संकुचन गर्ने नीतिका कारण बजार समस्यामा परेको बताए ।

तरता अभावका कारण बजार घट्ने विषय सामान्य भए पनि पछिल्लो घटनाक्रमका सम्बन्धमा ध्यानआकृष्ट हुनु पर्नेमा उनले जोड दिए । बजारको स्थायीत्व र विश्वसनीयताका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले गरिरहेका काम कार्वाहीका सम्बन्धमा सदनलाई जानकारी गराउन माग गरे ।