बैंकका ग्राहकलाई एनसीएचएलको “इलेक्ट्रिफाइङ अफर” सार्वजनिक, बम्परमा इलेक्ट्रिक स्कुटर

बैंकका ग्राहकलाई एनसीएचएलको “इलेक्ट्रिफाइङ अफर” सार्वजनिक, बम्परमा इलेक्ट्रिक स्कुटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कनेक्ट आइपीएसले असार १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी बैंक वित्तीय संस्थाका ग्राहकलाई प्रणालीमा आबद्ध हुन कनेक्ट आइपीएस “इलेक्ट्रिफाइङ अफर” ल्याएको छ।

अफरअन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपीएसमा अनलाइन रजिष्टर गरी आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा त्यही मोबाइल नम्बरमा ५० रुपैयाँको रिचार्ज पाउन सक्नेछन्।

त्यसैगरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा वा यसको मोबाइल एप मार्फत रजिष्टर गर्न सक्दछन्। यो अफर कनेक्ट आइपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ।

सोझै बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको कनेक्ट आइपीएस एकभन्दा बढी बैंक खाता लिन्क गर्न सकिने प्ल्याट्फर्म हो। यसले दैनिक औसत १०।८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट गर्ने गरेको छ।