कुथेली बुखरीको लाभांश घोषणा

कुथेली बुखरीको लाभांश घोषणा


काठमाडाैं – कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २७ सय ३९ रुपैयाँ छ ।