दोहोरो अंकले बढ्यो शेयर, कारोबार रकम ७ अर्ब ४४ करोड

दोहोरो अंकले बढ्यो शेयर, कारोबार रकम ७ अर्ब ४४ करोड



काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशलमव ४१ अंकले बढेर २,७१६ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज २११ कम्पनीको शेयर मूल्य बढेको छ । आज ३२ कम्पनीको मात्रै मूल्य घटेको छ ।