काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।
त्यस्तै, इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनसक्ने छन्।
निर्धारित समयभित्र शेयर खरिदका लागि संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ तोकिएको छ ।



About Us
प्रतिक्रिया