काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचिकृत भएको हो भने बिशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर नेप्सेमा सूचिकृत भएको हो ।
विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचिकृत भएको हो भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया