बैंकिङ्ग प्रणालीमा रिभर्स रिपो के हो ? 

बैंकिङ्ग प्रणालीमा रिभर्स रिपो के हो ? 


काठमाडौं – बैंकिङ्ग प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको प्रशोचन गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण ‘रिभर्स रिपो’ हो ।

यस उपकरणको निष्कासन दिन बोलकबोलमा सफल बोलकर्ताको यस बैंकमा रहेको खाताबाट रकम झिकिने भएकाले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । 

यो उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (केन्द्रीय बैंंकसँग मास्टर रिपर्चेज एग्रीमेण्ट गरेका) मा सहभागी हुन सक्छन् भने ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ ।

सहभागी बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा कम ब्याजदर  बोल गर्ने  संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्रवान रकसम्म बाँडफाँट गरिन्छ । 

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा  राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितोस्वरुप राख्नुपर्ने व्यवस्था रहेको छ ।