कास्की र रुपन्देहीपछि काठमाडौं आउँदै रवि, स्वर्णलक्ष्मीको हिनामिनामाथि अनुसन्धान सुरु

कास्की र रुपन्देहीपछि काठमाडौं आउँदै रवि, स्वर्णलक्ष्मीको हिनामिनामाथि अनुसन्धान सुरु


काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने भएको छ । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि बयान लिन काठमाडाैं ल्याइने भएकाे हाे ।

उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ समेत गरिएको छ । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो।

बयान सकाएर लामिछानेलाई फेरि पोखरामै फर्काइने छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ पक्राउ परेका थिए।