काठमाडाैं – मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन काठमाडाैं–३,लाजिम्मपाट मा मूख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्राइभेट लिमिटेड’ र ‘निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर’ सँग विभिन्न औषधीहरु र स्वास्थ्य सम्बन्धी सेवाहरु (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा,अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले काठमाडाैं–३ लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरु र स्वास्थ्य सम्बन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।
प्रतिक्रिया