काठमाडौं – केन्द्रीय बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना लिएकाे छ । राष्ट्र बैंक गत आर्थिक वर्षमा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाएकाे हाे ।
गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो भने ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो । जसमा पुनरकर्जा, व्यवसायिक कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता अध्ययन गर्न नियुक्त भएको परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा २ वटा लघुवित्तलाई कारबाही तथा निर्देशन दिएकाे हाे । केन्द्रीय बैंकले कारबाहीमा परेका लघुवित्तका नाम भने खुलाएकाे छैन् ।
यस्तै, निर्देशन विपरित कार्य गरेबापत ७ वटा लघुवित्तलाई कारवाही तथा निर्देशन दिइएको छ । साथै, २७ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएकाे छ । गत असारसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति/दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा र लगानी क्रमशः ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ र १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया