एशियाली जनसंख्या सम्मेलनले युवा जनसंख्या व्यवस्थापनलाई मार्गदर्शन गर्नेछ

एशियाली जनसंख्या सम्मेलनले युवा जनसंख्या व्यवस्थापनलाई मार्गदर्शन गर्नेछ


युवा तथ्याङ्कशास्त्री डा. विजयमणी देवकोटा। त्रिभूवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागका उपप्राध्यापक। खासगरी जनसंख्याको प्रवृतिलाई अंकमा केलाउन माहिर देवकोटा जनसंख्यालाई तथ्यांङ्कले मात्र बुझाउन सकिने धारणा राख्नुहुन्छ। डा.देवकोटासँग आगामी मंसिर १२ गते देखि हुन लागेको एशियाली जनसंख्या सम्मेलन, एशियाली देशको जनसंख्या र नेपालको पछिल्लो जनसंख्यिक समस्याका बारेमा यो बेला डटकमले अन्तर्वार्ता गरेको छ। प्रस्तुत छ डा.देवकोटासँग गरिएको कुराकानीको सम्पादित अंश:

१. नेपालमा एशियाली जनसंख्या सम्मेलन सुरु हुन लागेको छ। यो सम्मेलनको तयारी भइरहँदा हामीले एशियाली जनसंख्याको अवस्थाको पनि सम्झना गर्नुपर्ने हुन्छ। एशियाको जनसंख्याको अवस्था के कस्तो छ ।

एसियामा धेरै जनसंख्या भएका देश छन्। भारत, चीन पनि धेरै जनसंख्या भएका देश हुन्। नेपालमा पनि जनसंख्या बढी नै छ। तर बसाइँसराइँले गर्दा नेपालमा जनसंख्या घटिरहेको छ। र हाम्रो जन्मदर पनि कम छ। नेपालको वार्षिक जनसंख्या वृद्धिदर १.९ रहेको छ। सवैभन्दा धेरै जनसंख्या भएको महादेश एसिया नै हो। जनसंख्या बढ्नु भनेको जनसंख्यिक लाभान्स बढ्नु हो। अफ्रिकामा युवा जनसंख्या बढीभएको समयमा विद्रोह भए, झैझगडा भए। असान्ति मच्चियो ।तर नेपालमा भने युवाहरु विदेश पलायन भइरहेकाले यहाँ झैझगडा भने भएको छैन। जनसंख्यालाई सही ढंगले नेपालले हिजोदेखि आजसम्म पनि उपयोग गर्न सकेको छैन। युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न नसकेकाले नेपालले जनसांख्यिक लाभांसबाट विकास गर्न सकेको छैन।

२.यो सम्मेलनमा मुख्य रुपमा के कस्ता विषयहरु उठाउने तयारी छ ?
यसमा विशेष गरेर जनसांख्यिक गतिविधिहरु,विश्वपरिस्थिती अनुसार र एसियाको अवस्था अनुसार नेपालले झेलिरहेको समस्याका विषयमा जनसांख्यिक विषयमा पेपरहरु प्रिजेन्ट हुन्छन्। त्यसकै आधारमा विभिन्न विद्वानहरुले विश्लेषण गर्नुहुनेछ। विशेष गरेर वसाइँसराइँलाई नै रोक्नुपर्छ। वसाइँसराइँ अहिले ठूलो समस्याका रुपमा देखापरेको छ। विश्वविद्यालयहरु खाली भइसकेका छन्। यसैगरी गाउँबस्ती पनि खाली भइसकेका छन्। युवा जमात गाउँ सहरबाट विदेश पलायनसँगै उनीहरुका बुबाआमा पनि विदेश वसाइँसराइँ गर्ने प्रवृत्ति बढेकाले यसलाई रोक्ने वातावरण बनाएर युवालाई नेपालमै राख्ने व्यवस्था मिलाउनुपर्छ। यसै विषयलाई विशेष जोड दिनुपर्छ। सन् १९९० को दशकमा हिमाल पहाडबाट तराईमा बसाँइसर्ने सहर सर्ने प्रवृत्ति थियो। तर पछिल्लो समय सहरबाट पनि युवाहरु विदेश नै जाने प्रवृत्ति बढेको छ। यसलाई रोक्ने उपाय खोज्नैपर्छ।

३.पूर्वी एशियाका देशहरुको जनसंख्याको अनुभवबाट नेपालले के के कुराहरु सिक्नु पर्ने हुन्छ ?
मेरो विचारमा जनसंख्या बढ्नुलाई डेमोग्रफिक डिभिडेन्ट भनिन्छ। विश्वका धेरै देशले जनसाँख्यिक लाभांसबाट फाइदा लिए। विकास गरे। एसियन टाइगरहरुले डेभलोपमेन्ट गरे अर्थात विकास गरे। अफ्रिकन देशहरुमा जनसंख्या बढ्दा युद्ध र असान्ति भयो । तर हाम्रो देशमा पहिलेको तुलनामा अहिले जनसंख्या बृद्धिदर घटिरहेको छ। जुन जनसंख्या छ त्यो पनि देशमा नबसेर विदेश पलायन भइरहेको छ। जनसंख्या विना देश विकासको कल्पना गर्न सकिन्न। त्यसैले हामीले पनि पूर्वी एसियाका देशबाट विकास गर्ने मुख्य औजार नै जनसंख्या हो भन्ने विषयलाई मध्यनजर गर्नुपर्छ। ती देशबाट हामीले हाम्रो युवा जनशक्ति विदेश पलायन हुने वर्तमान समस्या रोक्ने उपाय मुख्य रुपमा सिक्नुपर्छ।

४.यस सम्मेलनमा नेपालको जनसंख्याका के कस्ता विषयहरु उठाउनु उपयुक्त हुन्छ ?
नेपालले खास गरी हिमालतिरबाट पहाड र पहाडबाट तराई हुँदै विदेश पलायन हुने हाम्रो जनसाँख्यिक लाभान्सलाई रोक्नुपर्छ। शिक्षा र स्वास्थ्य मात्र होइन आजको विश्वमा खास गरी रोजगारी खोजेर नेपाल छोड्ने दर जुन बढेको छ। यसविषयलाई रोक्ने विषयमा नीति निर्माणका लागि ठोस योजनाका विषयमा कुरा उठाउनुपर्छ। जनसंख्या विदेश पलायन हुने अहिलेको प्रवृतिलाइ रोक्ने तर्फ केन्द्रित हुनुपर्दछ। जतिसक्दो छिटो युवाहरुलाई नेपालमा राख्ने वातवरण बनाउने विषयमा जोडतोडले विषयबस्तुको उठान गर्नुपर्छ।

५.विगतमा भएका सम्मेलनले पास गरेका विषयहरु ति देशहरुका सरकारले कतिको कार्यान्वयन गरेका छन् ?
सम्मेलनले उठाएका धेरै विषयबस्तु संसारका धेरै देशले कार्यान्वयन गरेका छन्। हामीले पनि गर्नुपर्छ। तर कानुनी रुपमा म्याण्डेटोरी भने हुन्न । तर नीति निर्माताहरुले कार्यान्वयन गर्दा यस्ता विषयले वेफाइदाभन्दा बढी फाइदा नै गर्छ। त्यसैले सम्मेलनमा आएका राम्रा विषय र सुझावलाई कार्यान्वयन गर्दा सबैको हित नै गर्छ।

६.सम्मेलनका बारेमा अन्त्यमा केही भन्नुहुन्छ कि
यस्तो ठूलो सम्मेलन नेपालले गर्न पाउनु महत्वपूर्ण र ठूलो विषय हो। विश्वका ठूला देशमा त यस्ता सम्मेलन भइरहन्छन्। तर नेपालमा भने भएको थिएन। नेपालमा हुनु धेरै राम्रो विषय हो। यस्ता सम्मेलनले दिएका सुझावलाई हामीले कार्यान्वय गर्नुपर्छ। प्राज्ञिक तह र विश्वविद्यालयहरुले पनि यस विषयलाई नीति निर्माण तहमा कार्यान्वयन गर्दा धेरै ठूलो लाभ लिन सकिन्छ। यसका लागि राजनीतिक नेतृत्वले जनसंख्याका सवाललाई आत्मसात गर्नुपर्द।