जापानी येन २४ वर्ष यताकै कमजोर, एक डलर बराबर १३५.२२ येन

जापानी येन २४ वर्ष यताकै कमजोर, एक डलर बराबर १३५.२२ येन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

जापानी येन २४ वर्ष यताकै कमजोर अवस्थामा पुगेको छ । मूल्यवृद्धि नियन्त्रणको लागि अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुले औसत ब्याज वृद्धि गरेपछि येन सन् १९९८ यताकै कमजोर हुन पुगेको हो ।

एक डलर बराबर १३५.२२ येनमा विदेशी विनिमय भइरहेको छ । कमजोर येनको पक्षमा बैंक अफ जापान रहेको छ । कमजोर भएको मुद्रालाई थप अवमूल्यन हुनबाट जोगाउन बैंक अफ जापानले ५०० बिलियन येन सरकारी बन्ड खरिद गर्ने भएको छ । बैंकले ०.२५ प्रतिशतमा उक्त बन्ड खरिद गर्न लागेको हो । अमेरिकामा बन्डको बेन्चमार्क दर ३.२ प्रतिशत रहेको बेला जापानले ०.५मा खरिद गर्नुले लगानीकर्ताहरु सन्तुष्ट देखिएका छैनन्।

इन्धन तथा खाद्यान्नको मूल्य वृद्धि हुँदा जापानको सोधानान्तर घाटामा वृद्धि भएको छ । कमजोर येनलाई लिएर एचएसबीसीका फरेन एक्सेन्च प्रमुख पल म्याकेलले जति नराम्रोसँग येन घट्नु परेको थियो, त्यो घट्यो र घट्ने क्रम जारी नै छ । येन घट्दै गर्दा जापानी लगानीकर्ताहरुमा कस्तो प्रभाव पर्छ भन्ने बुझ्न जरुरी रहेको बताएका छन् ।

मुद्रास्फीति आकाशिँदै गर्दा अमेरिका, बेलायत, स्वीजरल्यान्ड, युरोपियन युनियन अन्तर्गतका बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका छन् । विश्वव्यापी रुपमा अधिकाशं देशहरुले ह्वाकिस नीति अवलम्बन गर्दा जापान डोभिस नै रहेको छ । ऋणात्मक ब्याजदरका कारण पनि जापानी येन कमजोर हुँदै गएको छ ।