एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो सुनको मूल्य

एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो सुनको मूल्य

सरकारले बजेटमार्फत १५ प्रतिशत रहेकाे भन्सार दर २० पुर्‍याएको थियो


काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले भन्सार दर घटाएपछि आज सूनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।