पिपुल्स पावरले ३१ करोडको आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

पिपुल्स पावरले ३१ करोडको आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पिपुल्स पावर लिमिटेडले ३१ करोड रुपैयाँ बराबरको (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थानीय र सर्वसाधारणलाई समेत गरेर ३१ करोड बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

सेबोनबाट अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ। कम्पनीले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्नेछ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोला दोस्रोमा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ ।

पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले कम्पनीसँग बर्षायामको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा विद्युत खरिद गर्ने सम्झौता छ।

९० करोड अनुमानित लागतमा आयोजना निमार्ण थालिएको हो। जसमा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ भने र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी रहनेछ।