काठमाडौं – साताकाे पहिलाे काराेबारकाे दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ०३ अंकले घटेर २,६६७ को विन्दुमा कायम भएको छ । आज बजार घट्दा ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेकाे छ ।
आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ ।
आज यस कम्पनीको ६० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशलमव ७५ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ११ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको ०.३७ प्रतिशत, होटल तथा पर्यटन समूहो ०.४९ प्रतिशतले शेयर मूल्य घटेको छ।
प्रतिक्रिया