क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकियो, बिटकोइनको मूल्यमा उच्च गिरावट

क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकियो, बिटकोइनको मूल्यमा उच्च गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो समयमा क्रिप्टो करेन्सीको मूल्य अन–अपेक्षित रुपमा घटेपछि क्रिप्टो कारोबार गर्ने सेल्सीयसले क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकेको छ ।

बजारमा तरलता स्थिीरिकरण गर्न र क्रिप्टोलाई थप अवमूल्यन हुन नदिन कम्पनीले उक्त निर्णय लिएको जानकारी सेल्सीयसले सोमबार एक विज्ञप्ति जारी गरी दिएको हो । कम्पनीको उक्त निर्णय पछि बिटकोइनको मूल्यमा १८ महिना यताकै गिरावट आएको हो ।

एकैदिनमा ६ प्रतिशतले घटेको बिटकोइनको मूल्य २४ हजार ८ सय ८८ हुन पुगेको छ भने इथर सन् २०२१ मार्च महिना यताकै कमजोर हुन पुगेको छ । ८ प्रतिशतले घटेको इथरको मूल्य १ हजार ३ सय ११ रहेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले औसत ब्याज दर वृद्धि गरेपछि क्रिप्टो मार्केटमा गिरावट आएको छ । स्टेबल कोइन टेरायुएसडी कोल्याप्स भएसँगै लगानीकर्ताहरु अतालिएका छन् भने प्यानिक सेल गरिरहेका छन् ।

क्रिप्टो लेन्डीङमा सेल्सीयस पहिलो नम्बरको कम्पनी रहेको छ । गत वर्ष सेल्सीयसले ७५० मिलियन क्राउड फन्डिङबाट उठाउन सफल भएको थियो । यस कम्पनीले क्रिप्टोकरेन्सी डिपोजिट गरेवापत त्यसको ब्याज स्वरुप क्रिप्टोकरेन्सी वितरण गर्ने गरेको छ ।