काठमाडौं –चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्षको ३ महिनामा अन्तर बैंक कारोबार घटेको देखिएको हो।
चालु आवकाे तीन महिना (साउन– असाेज) मा ४ खर्ब २ अर्ब ४५ करोडको अन्तर–बैंक कारोबार भएको छ । जसमा वाणिज्य बैंकहरुको ३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ३१ अर्ब २० करोड भएकाे छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १३ खर्ब ९ अर्ब ७३ करोड र अन्य वित्तीय संस्थाहरुको १खर्ब ८४ अर्ब ३५ करोड गरी कुल १४ खर्ब ९४ अर्ब ८ करोडको अन्तर बैंक कारोबार भएको थियो।
गत आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर–बैंक कारोबार भएको थियाे ।
प्रतिक्रिया