सेबोनको अध्यक्ष चयन प्रक्रिया : दुई जनाले प्रस्तुत गरे कार्ययोजना, चापागाईं अनुपस्थित

सेबोनको अध्यक्ष चयन प्रक्रिया : दुई जनाले प्रस्तुत गरे कार्ययोजना, चापागाईं अनुपस्थित


काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति प्रक्रिया सकिएको छ । अन्तर्वार्तामा बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् तर, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वार्तामा उपस्थित भएनन् ।

सिफारिस समितिले गत कात्तिक २९ गते एक सूचना जारी गर्दै तीन जनालाई नै अन्तर्वार्ताका लागि आज बोलाएको थियो । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो ।

धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त छ। अध्यक्ष नियुक्ती प्रक्रियामा ढिलाइ भएका कारण नयाँ प्रक्रिया सुरु गर्ने प्रस्ताव भए तापनि कानूनी जटिलताका कारण पुरानै प्रक्रियालाई अघि बढाइएको हो ।