बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडका सेयरधनीले चुक्ता पूँजीको ४.२० प्रतिशत बोनस सेयर पाउने भएका छन् ।
कम्पनीको जेठ २५ गते सम्पन्न ७५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजी पूँजीको ४.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै सोही बैठकले असार २० गते सोमबार स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराहीमा बिहान १० बजे चौथो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल ४.४२ प्रतिशत (४.२) प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।
यस्तै सभाले सानिमा लाइफ इन्स्योरेन्सको अधिकृत तथा चुक्ता पुँजी वृद्धिको विशेष प्रस्ताव पनि पारित गर्नेछ । पुँजी वृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले कुनै जीवन बीमा कम्पनीसँग गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट र समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार ८ गते बुधबार एक दिन सेयर दाखि खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार असार ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र चौथो वार्षिक सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया