२ अर्बले बढ्यो बैंकिङ्ग निक्षेप, अन्य सूचक कस्ता ?

२ अर्बले बढ्यो बैंकिङ्ग निक्षेप, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ४ गते बिहीबार बैंकिङ्ग प्रणालीको निक्षेप ६६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म यस्तो निक्षेप ६६ खर्ब ३५ अर्ब रुपैयाँ थियो।

सो समयमा केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ४ गते यस्तो निक्षेप संकलन २ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो दिन ५९ खर्ब रहेको निक्षेप ४ गते ५८ खर्ब ९८ अर्ब रूपैयाँमा सिमित भएको छ । मंसिर ४ गते वाणिज्य बैंकहरुको कर्जामा लगानी ४ अर्ब रुपैयाँले बढेको छ । ३ गते ४६ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकले ४ गते ४६ खर्ब ८४ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी पनि ४ अर्बले बढेको छ । ३ गते ५२ खर्ब ८५ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ४ गते ५२ खर्ब ८९ अर्ब प्रवाह गरेका छन् । मंसिर ४ मा बैंकहरुको औसत सिडी रेसियो ७८.४० प्रतिशत रहेको छ । त्यस्तै, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।