काठमाडौं – यो साता शेयर बजारमा ४ दिन कारोबार भएको थियो । सोमबार सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द रहेको थियो । यसबाहेक अन्य चार दिन भएको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २ दिन सामान्य वृद्धि हुँदा २ दिन भारी गिरावट देखियो ।
आइतबार ४ दशमलव ९८ अंकले बढेको बजार मंगलबार ५५ दशमलव ११ अंकले घटेको थियो । त्यस्तै, बुधबार ९ दशमलव ९ अंकले बढेको बजार बिहीबार ३१ दशमलव ३१ अंकले घट्यो ।
कुन दिन कति कारोबार ? आइतबार – ११ अर्ब ७२ करोड रुपैयाँ मंगलबार– १० अर्ब ४६ करोड रुपैयाँ बुधबार– ७ अर्ब ९ करोड रुपैयाँ बिहीबार– ८ अर्ब २५ करोड रुपैयाँ
यो साता पहिलो कारोबारको दिन ४ दशमलव ९८ अंकले बढ्दै २७ सय ४८ दशमलव २९ को बिन्दुबाट सुरु भएको बजार २६ सय ७६ दशमलव २५ अंकको बिन्दुमा बन्द थियो। यो सातामा नेप्से परिसूचकमा ७२ दशमलव ०४ अंकको वृद्धि देखिएको छ। यो साता बजारमा ३७ अर्ब ५२ करोड बढीको कारोबार भएको छ ।
अघिल्लो साता नेप्से परिसूचकमा १० दशमलव ७२ अंकको वृद्धि हुँदा ४७ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार थियो ।
प्रतिक्रिया