सीवाईसी नेपालको आईपीओ पहिलो कारोबार १०३३ रुपैयाँसम्म खुल्नसक्ने

सीवाईसी नेपालको आईपीओ पहिलो कारोबार १०३३ रुपैयाँसम्म खुल्नसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ ।

कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ्ग रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो ।

लघुवित्तको संस्थाको आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण भएको वित्तीय विवतरणका आधारमा लघुवित्तको वार्षिक प्रतिसेयर नेटवर्थ ३४४.३६ रूपैयाँ रहेको छ ।

नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थलाई आधार मानेर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।  यसआधारमा कम्पनीले न्यूनतम ३४४.३६ रूपैयाँ पैसादेखि अधिकतम १०३३.०८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । यो आधारमा कम्पनीको धितोपत्रको दोस्रो बजार ९नेप्से० मा पहिलो कारोबार न्यूनतम ३४४ रुपैयाँदेखि १०३३ रुपैयाँसम्म जुनसुकै मूल्यमा पनि कारोबार खुला हुन सक्नेछ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारका लागि सीवाईसीएल संकेत (सिम्बोल) दिएको छ । सोमबारदेखि कम्पनीको यहि कारोबार संकेतमा लघुवित्तको सेयर कारोबार सुचारु हुनेछ । ओपनिङ रेन्ज अनुसार पहिलो कारोबार न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतम १०३३.०८ रुपैयाँभित्र रहेर हुनेछ ।

सीवाईसी नेपाल लघुवित्तको शुक्रबार कम्पनीको आईपीओ सहित कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ ।
कम्पनीको धितोपत्रको कारोबार जेठ ३० गते सोमबार बिहान साढे १० देखि पौने ११ बजेभित्र स्पेशल प्रि ओपनिङ्गमा कारोबार भएपछि नियमित कारोबार खुला हुनेछ ।

लघुवित्तले बैशाख २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर .आईपीओ) निष्कासन गरेको थियो । कुल जारी सेयरमध्ये जारी पूँजीको ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

उक्त सेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर ३ लाख ६९ हजार ४८८ कित्ता सेयर वैशाख १५ गते बिहीबार बाँडफाँड सम्पन्न भएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले आईपीओ प्राप्त गरेका थिए । यसरी बाँडफाँड गरेर बाँकी रहेको ८ कित्ता सेयर गोलाप्राथबाट सेयर पाउने ३६ हजार ९४८ जनामध्ये ८ जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको थियो । जसअनुसार भाग्यमानी ३६ हजार ९४० जनाले १० कित्ताका दरले र ८ जना आवेदकले ११ कित्ताका दरले सेयर पाएका थिए ।

लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख २ हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख ५ हजार ६३३ जनाको आवेदनबाट २ अर्ब ४५ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख २० हजार १४० कित्ताको माग भएको थियो । जुन सर्वासधारणबाट माग भएको कित्ताको ६६.३६ गुणा बढी थियो । रद्द भएको ३ हजार २७२ जनाको आवेदनबाट ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ३६ हजार ४९० कित्ताको माग रद्द भएको छ ।

आईपीअघि ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।