काठमाडौं – अघिल्लो साता भारी रकमले घटेको सुनको मूल्यमा यो साता वृद्धि देखियो । यो साता सुनको मूल्यमा एकदिन (आइतबार) सामान्य गिरावट बाहेक अन्य पाँच दिन नै बढेको थियो । साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला १ सय रुपैयाँ घट्दै सुरु भएको सुनको मूल्य साताको अन्तिम कारोबार शुक्रबार १५ सय रुपैयाँले बढेर बन्द भयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ हजार रुपैयाँ, मंगलबार ११ सय रुपैयाँ, बुधबार ९ सय रुपैयाँ, बिहीबार १ हजार रुपैयाँ र शुक्रबार १५ सय रुपैयाँले बढेको थियो ।
यो साता समग्रमा सुनको मूल्यमा ५५ सय रुपैयाँको वृद्धि देखिएको छ । आइतबार १ लाख ६० हजार रुपैयाँबाट सुरु भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
कुन दिन कति थियो सुनको मूल्यः
आइतबार– १ लाख ६० हजार रुपैयाँ
सोमबार – १ लाख ६१ हजार रुपैयाँ
मंगलबार– १ लाख ६२ हजार १ सय रुपैयाँ
बुधबार – १ लाख ६३ हजार रुपैयाँ
बिहीबार– १ लाख ६४ हजार रुपैयाँ
शुक्रबार – १ लाख ६५ हजार ५ सय रुपैयाँ
प्रतिक्रिया