काठमाडौं – केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्यले आज पनि सो क्रमलाई निरन्तरता दिएको छ। आज शुक्रबार पनि सुनको मूल्य प्रतितोला १५ सय बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सय, बुधबार १ लाख ६३ हजार, बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । याे साताकाे पाँच दिनमा सुनकाे मूल्य ५५ सय रूपैयाँले बढेकाे छ ।
प्रतिक्रिया