काठमाडौं – नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सुचना जारी गर्दे रियाललाई परिर्वत्य विदेशी मुद्रा घोषणा गरिएको जानकारी दिएको हाे ।
केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ,‘ विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा २ (ग१) मा व्यवस्था भए बमोजिम ओमानी रियाललाई परिर्वत्य विदेशी मुद्रा तोकिएको हुँदा सोही बमोजिम गर्न/गराउन हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार गरी यो सूचना प्रकाशित गरिएको छ ।’
प्रतिक्रिया