काठमाडौं – सरकारले विश्व बैंकसँगको सहकार्यमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमको पहिलो चरणको काम बिहीबारदेखि सुरु भएको विश्व बैंकले जनाएको छ । नेपाल सरकार र विश्व बैंकको १२ करोड ८० लाख अमेरिकी डलर सुरु भएको हो ।
विश्व बैंकका अनुसार यस परियोजनाले प्रादेशिक र स्थानीय सडक सञ्जालको सुरक्षा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै, सडक विस्तारको समेत योजना छ । सडक सञ्जाल व्यवस्थापन गर्ने सरकारको क्षमता अभिवृद्धि लक्ष्यसमेत छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो परियोजना अगाडि बढाउँदैछ ।
बिहीबार प्रदेश मन्त्रीहरूको उपस्थितिमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिँहले परियोजना सुरु गरे । परियोजनाले दिगो पूर्वाधार निर्माणमा टेवा दिने सिंहले बताए ।
आयोजनाको पहिलो चरणमा १ सय ८० किलोमिटर सडक र पुल स्तरोन्नति योजना छ । तोकिएका प्रदेश तथा स्थानीय तहका ४ सय किलोमिटर मर्मत गर्ने र विद्यमान् ७ सय किलोमिटर प्रादेशिक सडक तथा पुलसमेत मर्मत गर्ने योजना रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार तीन चरणमा कार्यान्वयन हुने यस परियोजनाको पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १३ स्थानीय तहमा काम हुनेछ ।
प्रतिक्रिया