काठमाडौं – नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले सबै पक्ष मिलेर नेपालको बैंकिङ्ग क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । काठमाडौं फिन्टेक र फिन्टेक अलाइन्स नेपालको सह–आयोजनामा भएको ‘डिजिटल बैंकिङ्ग कन्फ्रेस २०२४’ मा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
उनले बैंकिङ्ग क्षेत्रमा सुरुदेखि व्यवस्थित प्रणालीको विकास भएको भए हाल कुनै पनि समस्या नआउने बताए । अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न गतिविधिले गर्दा बैंकिङ्ग क्षेत्रको ब्याजदर तलमाथि भइरहेपनि हाल बिस्तारै सुधार भइरहेको उनको भनाइ छ ।
उनले ‘डिजिटल बैंकिङ्ग कन्फ्रेस २०२४’ सूचना तथा प्रविधि क्षेत्रलाई बैंकिङ्ग क्षेत्रको नयाँ प्रणाली, प्रविधि र पुस्तासँग परिचित गराउने अवसर भएको पनि बताए । बैंकिङ्ग क्षेत्रमा प्रविधिको अत्यधिक प्रयोग बढेको बताउँदै पौडेलले भने, ‘यस क्षेत्रमा आबद्ध व्यक्तिहरू टेक्नोलोजी बुझेको हुनुपर्ने भन्दै आफूले क्यालकुलेटरबाट सुरु गरेको काम कम्प्युटर आएको छ ।’
प्रतिक्रिया