बैंकिङ्ग क्षेत्रमा जलवायु परिवर्तनका जोखिम र अवसरहरू सम्बन्धी गोष्ठी सम्पन्न 

बैंकिङ्ग क्षेत्रमा जलवायु परिवर्तनका जोखिम र अवसरहरू सम्बन्धी गोष्ठी सम्पन्न 


काठमाडौं –जलवायु परिवर्तन र त्यसको वित्तीय क्षेत्रमा पर्ने असर सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । युरोपेली संघ, नेपाल राष्ट्र बैंक र आईएफसीको संयुक्त आयोजनामा नेपालको बैंकिङ्ग क्षेत्रमा जलवायु परिवर्तनका  जोखिम अवसरहरू सम्बन्धी गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा  क्लाइमेट फाइनान्सका  जोखिम, अवसर र विकासका लागि सम्भावित चरणहरूको विषयमा छलफलको भएको थियो । 

गोष्ठीमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले  राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्ने बताए । उनले भने‘ जलवायु परिवर्तनले वित्तीय स्थायित्वको लागि खतरा निम्त्याउँछ यसको सामना गर्दै  बैंकहरूलाई दिगो विकासको मार्गमा डो¥याउदै दिगो बैंकिङ्ग क्षेत्र निमार्ण गर्न सक्छौं’

गोष्ठीमा बोल्दै युरोपेली संघका प्रतिनिधि जोस लुइस विनुएसाले  जलवायु परिवर्तनका लागि निजी पुँजी परिचालन गरेर नेपाल र अन्य साझेदार देशहरूलाई सहयोग गर्न तयार रहेको बताए । 

उनले भने ‘नेपालको दिगो विकासका लागि जलवायु वित्त महत्त्वपूर्ण छ। यसले देश निर्माणमा मद्दत गर्नेछ हरियाली अर्थतन्त्र जसले दिगो विकास र लचिलोपनलाई पनि बढवा दिनेछ ।’  यस्तै, नेपालका लागि आइएफसीका प्रतिनिधि बाबकार एस.फेयले आईएफसी नेपालको हरित वृद्धिका लागि प्रतिबद्ध रहेको बताए । यसका लागि गोष्ठीले थप सहयोग पु¥याउने उनले बताए । गोष्ठीमा राष्ट्र बैंकका प्रतिनिधि तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिकाे सहभागिता रहेको थियो ।