काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोजसम्म) मा विदेश पढ्न जानले ३२ अर्ब १७ करोड रूपैयाँ लगेका छन्। यो अवधिमा नेपाल पढ्न आउनेले ७२ करोड भित्र्याएका छन्। त्यस्तै, उपचारको लागि ९ करोड ४७ लाख बाहिरिएको छ भने अन्य काममा सात अर्ब २६ करोड रूपैयाँ बाहिरिएको छ।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन् । त्यसपछि यूके (बेलायत) , संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
नेपालबाट अस्ट्रेलिया, जापान, कोरिया, डेनमार्क, इजरायल, ओमान, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, रसिया, दुबई, स्पेन, सिंगापुर, टर्की, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रोमानियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि विद्यार्थीले अनुमति पत्र लिने गरेका छन् ।
प्रतिक्रिया