भारतीय धनाढ्य अनाडीमाथि अमेरिकामा लाग्यो घुस खोरीको आरोप

भारतीय धनाढ्य अनाडीमाथि अमेरिकामा लाग्यो घुस खोरीको आरोप


एजेन्सी – भारतीय अर्बपति व्यापारी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेकाे छ । अमेरिकाको न्यूयोर्कमा अडानीमाथि २६५ मिलियन डलर घुस दिन र यसलाई लुकाउन खोजेको आरोप लागेको हो ।

अडानीमाथि बुधबार न्यूयोर्कमा यो आरोप लगाइएको हो । ठगीको आरोप लागेका अडानी भारतका धनाढ्यहरुमध्येका एक हुन्। जसको व्यसायीक साम्राज्य बन्दरगाहदेखि विमानस्थलसम्म र नविकरणीय ऊर्जासम्ममा फैलिएको छ ।

उनीमाथि लागेको आरोपमा अभियोगकर्ताले अडानीमाथि नवीकरणीय ऊर्जाको ठेक्का पाउनका लागि भारतीय अधिकारीहरुलाई रकम दिन सहमत बनेका थिए । त्यो ‘प्रोजेक्ट’बाट २० वर्षमा २ बिलियन अमेरिकी डलरभन्दा बढी नाफाको लक्ष्य राखिएको थियो ।

यद्यपि यो विषयमा अडानी समूहले प्रतिक्रिया जनाइसकेको छैन । यसअघि, सन् २०२४ मा पनि अडानी समूहमाथि धोकाधडीको आरोप लगोको थियो । अमेरिकाको एउटा ‘हाई–प्रोफाइल’ कम्पनीले धोकाधडीको आरोप अडानी समूहमाथि लगाएको थियो । र, यो आरोपमाथि अमेरिकामा छानबिन भइरहेको समाचार संस्था बीबीसीले जनाएको छ ।