महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम म्याग्दीको नारच्याङ्गमा

महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम म्याग्दीको नारच्याङ्गमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ नारच्याङ्गमा ल्यूवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ।

२६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

म्याग्दीको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नरिमाया पुन गुरुङले गरेकी थिइन । कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताइन ।

महालक्ष्मी लाईफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले युवासँग महालक्ष्मी लाईफु कार्यक्रम गत वर्ष २०७८ आश्विन महिनाबाट संचालनमा ल्याएको थियो।

बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा संचालन भईसकेको छ। पहिलो चरणको बीमा जागरण कार्यक्रम धेरै प्रभावकारी भएकोले छिट्टै यस सम्बन्धी नयाँ कार्यक्रम लिएर आउने कम्पनीले जनाएको छ ।