काठमाडौं – मंसिर ६ गते बिहीबार ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछ।
मंसिर ७ र ८ गते शेयर बजार बन्द हुने भएकाले आजसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागी हुने र लाभांश पाउने अवसर प्राप्त गर्नेछन्।
ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई ५।५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्न बैंकले मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा वार्षिक साधारण सभा बोलाएको छ।
लाभांश सुरक्षित गर्न इच्छुक लगानीकर्ताले आजभित्रै शेयर खरिद गर्नुपर्नेछ
प्रतिक्रिया