सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता

सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच बैंकका नेपाल पे मर्चेन्टहरुका क्युआर मा अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआरतथा यसका लागि interoperable QR को मर्चेन्ट क्युआर मा अलीपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलीपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि acquiring network, ९ करोडभन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । अलीपे प्लसको नेटवर्कमा Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।