काठमाडौं– साताको चौथो कारोबारको दिन बुधबार शेयर बजारमा सामान्य वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ दशमलव ०९ अंकको वृद्धि देखिएको छ । आज सामान्य बढेको बजारमा १४३ कम्पनी फाइदामा जाँदा ८९ कम्पनी घाटामा गएका छन् ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
जानकी फाइनान्सको ३२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ९ उपसूचकमा हरियाली आएको छ ।
बुधबार विकास बैंक समूहको ३.३८ प्रतिशत, फाइनान्स समूहको १.६६ प्रतिशत, हाइड्रोपावर समूहको १.२८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले शेयर मूल्य बढेको छ।
प्रतिक्रिया