काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक ३० गते बैंकिङ्ग प्रणालीको निक्षेप ६६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म यस्तो निक्षेप ६६ खर्ब २६ अर्ब रुपैयाँ थियो।
सो समयमा केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि बढेको छ । अघिल्लो दिनको तुलनामा ३० गते यस्तो निक्षेप संकलनमा १३ अर्ब रुपैयाँले बढेको । अघिल्लो दिन ५८ खर्ब ९१ अर्ब रहेको निक्षेप २९ गते ५९ खर्ब ४ अर्ब पुगेको छ ।
कात्तिक ३० गते वाणिज्य बैंकहरुको कर्जामा लगानी ४ अर्ब रुपैयाँले बढेको । २९ गते ४६ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ३० गते ४६ खर्ब ८१ अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी ५ अर्बले बढेको छ । २९ गते ५२ खर्ब ८२अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ३० गते ५२ खर्ब ८७ अर्ब प्रवाह गरेका छन् ।
कात्तिक ३० मा बैंकहरुको औसत सिडी रेसियो ७८.७८ प्रतिशत रहेको छ । त्यस्तै, अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया