काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अकंले घटेर २७०२.६५ बिन्दुमा कायम भएको छ ।
आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।
मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको १.११ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१७ प्रतिशतले शेयर मूल्य घटेको छ । बजारमा आज २२४ कम्पनी घट्दा २० कम्पनीको शेयर मात्र बढेको छ ।
प्रतिक्रिया