काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा ‘महालक्ष्मी हरित घर कर्जा’ उपलब्ध गराउने भएको छ। बैंकले वातावरणमैत्री र दिगो विकासलाई प्राथमिकता दिने नीतिअनुसार यो कर्जा योजना अघि सारेको हो।
हरित घर कर्जा जल ऊर्जा, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ। बैंकले न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्म यो कर्जा उपलब्ध गराउने छ। यस योजनाअन्तर्गत घर खरीद, घर निर्माण, अपार्टमेन्ट खरीद तथा घर थप/पुनर्निर्माण र मर्मत सम्भार गर्न कर्जा लिन सकिने बैंकले बताएको छ।
बैंकले यो योजनाबाट वातावरण संरक्षण, दिगो विकासको प्रवद्र्धन र नेपाल राष्ट्र बैंकको निर्देशिका पालना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ नाराका साथ ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।
प्रतिक्रिया