मार्जिन कर्जामा लागू ४/१२ को नीतिगत व्यवस्थामा नेपाल राष्ट्र बैंकसँग मिलेर पुनरावलोकन गरिने : सेबोन अध्यक्ष हमाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्रमा एसएमई प्लेटफर्मको सुरुवात गर्ने बताएका छन् ।

बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अध्यक्ष हमालले हाल नेपाल स्टक एकसचेन्ज अन्तर्गत सबै कम्पनीहरुको सूचक एउटै इन्डेक्समा गणना हुँदै आएकोमा साना तथा मझौला कम्पनीहरुका लागि आगामी चार महिनाभित्रमा छुट्टै एसएम ई प्लेटफर्म सञ्चालनमा ल्याइसक्ने दाबी गरेका हुन् ।

यस्तै उनले हाल युक्रेनबीचको अन्तर्राष्ट्रिय द्धन्द्ध, तेलको मूल्य वृद्धि, बैंक प्रणालीमा देखिएको तरलता संकुचन, ब्याजदर वृद्धि आदीका कारण उच्च बिन्दुमा रहेको सेयर बजार सूचक घट्न पुगेको बताए ।

कार्यक्रममा हमालले हाल कायम रहेको मार्जिन कर्जामा लागू ४.१२ को नीतिगत व्यवस्थामा नेपाल राष्ट्र बैंकसँग मिलेर पुनरावलोकन गरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा मर्जर तथा एक्वीजिशको समयावधि घटाउने कार्य प्रारम्भ भउको जानकारी दिँदै पूँजी बजारमा रहेको विद्यमान समस्या समाधानका लागि सबै निकायसँग समन्वय गरिने उल्लेख गरे ।

उनले आगमी चार महिनाभित्रमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दश प्रतिशत आईपीओ कोटा सुरक्षित गर्न बताए । धितोपत्र बोर्डको सुझाव अनुसार नै आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो विषय सम्बोधन समेत गरिसकेको अवस्था छ । गैरआवासीय नेपालीलाई नेपालको सेयर बजार लगानी गर्ने उपयुक्त वातावरण बनाउने समेत पहल गरिने उनले बताएका छन् ।

बोर्ड अध्यक्ष हमालले दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन बुक बिल्डिङ्गमा अटोमेटिक सिस्टम लागू गर्ने उल्लेख गरे । अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने समेत उनले बताए ।

बोर्डको क्षमता सुधार गरी कार्यप्रणाली र सेवामा सधुार गर्ने र धितोपत्र बजारमा नयाँ औजारको विकास गरिने समेत बताए । यसैगरी वस्तु विनिमय बजार सञ्चालनको पहल गरिने उनको भनाई छ ।