भारतीय भन्दा नेपालीको सेयरबजारमा चासो उच्च  

भारतीय भन्दा नेपालीको सेयरबजारमा चासो उच्च  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डका अनुसार हाल नेपालको सेयर बजारमा कुल जनसंख्याको करिब १८ प्रतिशत मानिस आबद्ध छन्। जब कि भारतको सेयर बजारमा कुल जनसंख्या केबल ६.५५ प्रतिशत मानिसमात्र आबद्ध छ। बंगलादेश पनि कुल जनसंख्याको केबल १.२४ प्रतिशत मानिसमात्रै आबद्ध छन्। 

विशेषगरी धितोपत्रको प्राथमिक निष्कासनमा आस्बा प्रणाली लागू गरिनु, धितोपत्र बाँडफाँडमा सम्भव भएसम्म न्यूनतम १० कित्ता बाँडफाँड गर्नुपर्ने नियम लागू गरिनुका साथै धितोपत्रको दोस्रो बजार कारोबार प्रणाली पूर्ण रुपमा अनलाइनमा आधारित भएका कारण पनि पुँजीबजारमा सर्वसाधराणको सहभागिता बढेको धितोपत्र बोर्डले जनाएको छ। 

बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मेरो सेयर खाता खोल्नेको संख्या ४२ लाख ६४ हजार ५८२ पुगेको छ। गत आर्थिक वर्षसम्म यो संख्या २८ लाख ५१ हजार ८०३ मात्रै थियो।

यसैगरी वैशाख मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ५० हजार ९३९ पुगेको छ भने अनलाइन लिने लगानीकर्ताको संख्या १४ लाख ३९ हजार ४५६ पुगेको छ। 

हाल प्राथमिक निष्कासनमा सहभागी हुने लगानीकर्ताको अधिकतम संख्या २८ लाख रहेको छ।