मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेको छ ।

उक्त शेयर हाल बैंकका संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्। शेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर संख्या र सोको रकम समेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।