नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा



काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको छ ।

बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।