केन्द्रीय बैंकद्वारा गत वर्ष ४६ खर्ब बढी तरलता प्रशोचन

केन्द्रीय बैंकद्वारा गत वर्ष ४६ खर्ब बढी तरलता प्रशोचन


काठमाडाैं – गत आर्थिक वर्षमा केन्द्रीय बैंकले ४६ खर्ब बढी तरलता प्रशाेचन गरेको छ । नेपाल राष्ट्र बैंकले गत आव २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरू मार्फत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको हाे ।

त्यस्तै, साे समयावधिमा केन्द्रीय बैंकले कुल ८ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । समीक्षा वर्षमा १ अर्ब २० करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तर बैंक दर ३.६२ प्रतिशत रहेको छ ।