काठमाडौं – आज बैंक तथा वित्तीय संस्था शेयर बजार बन्द हुने भएको छ । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज बैंक तथा वित्तीय संस्था बन्द भएका हुन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय हो । शेयर बजारसँगै आज सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् । अब शेयर बजार तथा बैंक–वित्तीय संस्था मंगलबार खुला हुनेछन् ।
प्रतिक्रिया