शिखर इन्स्योरेन्सको दुई दशक – निर्जीवन बीमातर्फ सँधै ‘नम्बर वान’

शिखर इन्स्योरेन्सको दुई दशक – निर्जीवन बीमातर्फ सँधै ‘नम्बर वान’


काठमाडौं – सन् २००४ मा स्थापना भएको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स आजदेखि २०औं वर्ष लागेको छ । २०६१ जेष्ठ १५ मा स्थापना भएको यो कम्पनीले सोही वर्षको कात्तिक २६ गते निर्जीवन बीमा व्यवसायका लागि साविक बीमा समितिबाट प्रमाणपत्र प्राप्त गरेको थियो ।

निर्जीवन बीमा व्यवसाय सुरु गरेदेखि नै ‘मार्केट लिडर’को भूमिकामा रहेको शिखरको कूल शाखा संख्या ११५ छ । हाल कम्पनीमा ६५० कर्मचारीहरु कार्यरत छन् भने १५ दिन भित्र दाबी भुक्तानी गर्ने गरेको कम्पनीको दाबी छ । कम्पनीले ‘प्रिमियम कलेन्सन’ अनुसार बजार हिस्सा १३.८१ प्रतिशत ओगेको छ ।

२००४ देखि २००२४ सम्म कम्पनीलाई हेर्दा

कम्पनीले कुल प्रिमियम कलेक्सनमा हरेक वर्ष उल्लेख्य वृद्धि गर्दै गइरहेको छ । २००४/५ मा १३ करोड कुल प्रिमियम कलेक्सन गरेको कम्पनीले २००५/६ मा २५ करोड कलेक्सन गर्यो । त्यस्तै, २००६/७ मा ३२ करोड प्रिमियम कलेक्सन गरेको कम्पनीले ०७/०८ मा ३४ करोड गरेको थियो । ०८/०९ मा कम्पनीले ४२ करोडको कुल प्रिमियम कलेक्सन गरेको थियो भने ०९/१० मा ५३ करोड र १०/११ मा कम्पनीले ६१ करोड गरेको थियो ।

यसैगरी, सन् २०११/१२ मा ८६ करोड, १२/१३ मा ९२ करोड , १३/१४ मा कम्पनीले १०० करोड बीमा प्रिमियम संकलन गरेको यो कम्पनीले १४/१५ मा १३५ करोड, १५/ १६ मा २०० करोड र १६/१७ मा २७५ करोड प्रिमियम कलेक्सन प्राप्त गर्न सफल भयो । १७/१८ मा कम्पनीले ३३३ करोड, १८/१९ मा ३४३ करोड, १९/२० मा ३४६ करोड, २०/२१ ३९२ करोड र २१/२२ मा कम्पनीले उल्लेख्य वृद्धि गरेर ५०१ करोड प्रिमियम संकलन गर्यो । त्यस्तै, कम्पनीले २२/२३ मा ५३७ करोड र २३/२४ मा ५४७ करोड प्रिमियम कलेक्सन गरेको छ ।

कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत सविता मास्केले २०औं वर्षमा प्रवेश गर्दैगर्दा विभिन्न निकायबाट साथ सहयोग पाएको बताइन् । ‘कम्पनीले २० औं वर्ष लागिरहँदा यहाँ सम्मको यात्रामा ग्राहकवर्ग, शेयरधनी, नेपाल बीमा प्राधिकरण, कर्मचारी र विभिन्न निकायहरुको ठूलो हात छ,’ उनले भनिन् । यस्तै, आगामी वर्षमा पनि यसरी नै कम्पनीले बीमा क्षेत्रमा अहम भूमिका खेलिरहने उनको भनाई छ ।